प्रधानमन्त्री प्रचण्डसँग कोरिया राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट
काठमाडाैं | फागुन २, २०७९
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दक्षिण कोरियाका राष्ट्रिपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मिनले शिष्टाचार भेट गरेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि सोमबार कोरियाका राष्ट्रपतिका विशेष दूत जाङले परराष्ट्रमन्त्री डा.विमला पौड्यालसँग भेट गरेका थिए। भेटमा दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।
१७ सदस्यीय टोलीको नेतृत्व गर्दै जाङ आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। जाङ नेतृ्त्वको टोली आजै बंगलादेश प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

